रविलाई थप १० दिन हिरासतमै राख्न अनुमति

रविलाई थप १० दिन हिरासतमै राख्न अनुमति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १० दिन हिरासतमा राखेर अनुसन्धान जारी राख्न कास्की जिल्ला अदालतले प्रहरीलाई अनुमति दिएको छ । मंगलबार जिल्ला अदालतमा भएको इजलासपछि अदालतले रविलाई थप १० दिन हिरासतमा राख्ने अनुमति दिएको हो ।  

नयाँ थप भएको अवधि कार्तिक १५ गतेदेखि गणना हुने छ । जसअनुसार यो समय कार्तिक २४ गतेसम्म हुनेछ । प्रहरीले भने अनुसन्धान गर्न थप २५ दिनको समय मागेको थियो । तर अदालतले १० दिनको मात्रै समय थपेको जिल्ला अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।  

मंगलबारसहित लामिछानेलाई तेस्रो पटक म्याद थप गरिएको छ । यसअघि कार्तिक ४ गते ६ दिन, त्यसपछि कार्तिक ८ गते ७ दिन र अहिले १० दिन म्याद थपिएको हो । 

Recent Comments

No comments to show.