जिबी राईलाई नेपाल ल्याउन तीव्रताका साथ प्रक्रिया अगाडि बढेको छ: गृहमन्त्री

जिबी राईलाई नेपाल ल्याउन तीव्रताका साथ प्रक्रिया अगाडि बढेको छ: गृहमन्त्री

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा ।  गृहमन्त्री रमेश लेखकले प्रतिशोधका आधारमा कसैलाई पक्राउ नगरिएको बताउँदै सहकारी रकम अपचलन प्रकरणमा संसदीय समितिले दिएको निर्देशनअनुसार जो कोही भए पनि अनुसन्धानको दायरामा ल्याइने बताएका छन् । 

साथै, गृहमन्त्री लेखकले सहकारी ठगी प्रकरणमा फरार राईलाई खोजेर नेपाल ल्याउने प्रक्रिया निकै तीव्रताका साथ अगाडि बढिरहेको समेत जानकारी दिएका छन्। गृहमन्त्री लेखकले मुस्ताङबाट काठमाडौं जाने क्रममा पोखरा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उक्त भनाई राखेका हुन् । गृहमन्त्री लेखकले सहकारी पीडितको न्यायका लागि सरकारपछि नहट्ने समेत बताए । 

पूर्व गृहमन्त्री रवि लामिछाने पक्राउ प्रकरणमा संचारकर्मीले सोधेको प्रश्नमा गृहमन्त्री लेखकले सरकारले संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरेको बताए ।सहकारी ठगी प्रकरणमा फरार रहेका गितेन्द्र राई (जीबी राई) लाई कहिले पक्राउ गर्नुहुन्छ ? भन्ने संचारकर्मीको जिज्ञासामा लेखकले भने, ‘राईलाई खोजेर नेपाल ल्याउने प्रक्रिया निकै तीव्रताका साथ अगाडि बढिरहेको छ । आरोपीलाई खोजीका विषयमा पक्राउ नगरि कन कुनै पनि सूचना सार्वजनिक गर्न तथ्यपरक हुँदैन ।’ 

सरकारले सहकारी ठगी प्रकरणका दोषी र आरोपितलाई कारबाहीको प्रक्रियामा ल्याउने मात्र काम नगरेको बताउँदै सहकारी पीडितहरूले रकम कसरी फिर्ता पाउँछन् भन्ने विषयमा समेत फास्ट ट्रयाकबाट काम अगाडि बढाएको पनि बताए।

Recent Comments

No comments to show.