नेकपा एमाले नुवाकोट क्षेत्र नं १ को अध्यक्षमा खड्का

नेकपा एमाले नुवाकोट क्षेत्र नं १ को अध्यक्षमा खड्का

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट । नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ को अध्यक्षमा शुशिल खड्का चयन भएका छन् । 

नेकपा एमालको दोस्रो पूर्ण बैठकले नुवाकोट क्षेत्र नम्बर १ को अध्यक्षमा शुशिल खड्कालाई जिम्मेवारी दिएको हो । 

पार्टीको स्थायी कमिटी सदस्य एंव बागमती प्रदेश ईञ्चार्ज डा.राजन भट्टराईको प्रमुख आतिथ्यतामा बसेको बैठकले प्रतिनिधि सभा निर्वाचन क्षेत्र, प्रदेश निर्वाचन क्षेत्रको अध्यक्ष चयन गरेको नेकपा एमाले नुवाकोटका अध्यक्ष बद्री मैनालीले जानकारी दिए । 

नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर ७ शिखरवेशी घर भएका खड्का सानैदेखि समाजसेवासँगै राजनितिमा लागेका थिए । तर उनले पार्टीे राजनितिभने २०४८ सालपछि नेपाली कांग्रेसबाटै गरेका थिए । 

नेकपा एमाले नुवाकोट क्षेत्र नम्बर १ को जिम्मेवारी पाएका खड्का गत स्थानीय निर्वाचनमा नेपाली कांग्रेस छाडेर नेकपा एमाले प्रवेश गरेका थिए । उनी कांग्रेसको १४ औं महाधिवेशनबाट नेपाली कांग्रेस क्षेत्र नं १ को प्रदेश क को सभापति निर्वाचित भएका थिए । कांग्रेसभित्र रहेको केसी समुहको साम्राज्य तोडेका खड्कालाई कांग्रेसले चिन्न नसकेको कांग्रेसजनहरु नै बताउँछन् । 

उनले आफुलाई परेको अन्याय र अत्याचार सहेपनि पार्टीभित्र रहेका साथीलाई अन्याय भएपछि उनी गत स्थानीय तहको निर्वाचन अघि एमाले प्रवेश गरेका थिए । योगिन्द्रसिंह लामाङलाई कांग्रेसले दुप्चेश्वर गाउँपालिकाको अध्यक्षको टिकट नदिएपछि तामाङसहित झण्डै एक दर्जन नेताहरुलाई लिएर खड्का एमाले प्रवेश गरेका थिए । योगिन्दसिंह फेरि कांग्रेसमा फर्किएर सक्रिय राजनीति गरिरहे पनि खड्का भने एमालेको राजनीतिमा जमिरहेका छन् । 

खड्काले गर्ने सामाजिक कामले सबैको मन जितिरहेको छ । सानालाई माया र ठुलालाई सम्मान भन्ने नाराका साथ उनले गरेको सामाजिक कामले सबैको मन जितिरहेका छन् । बालकदेखि बृद्धसम्म परिचित रहेका खड्का आफ्नै हजुवुवाको प्रेरणाले राजनीतिमा आएको बताउँछन् । 

Recent Comments

No comments to show.