अर्थतन्त्र सुधारका लागि आयोगले नागरिक र विज्ञसँग आयोगले माग्यो सुझाव

अर्थतन्त्र सुधारका लागि आयोगले नागरिक र विज्ञसँग आयोगले माग्यो सुझाव

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्व अर्थसचिव रामेश्वर खनालको अध्यक्षतामा गठित उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले अर्थतन्त्र सुधारका लागि सरोकारवालाहरुसँग सुझाव माग गरेको छ ।

आयोगले एक सूचना जारी गर्दै आम नागरिक, उद्योगी व्यवसायी, संघसंस्था, सार्वजनिक निकाय, वैदेशिक लगानीकर्ता तथा विज्ञहरुबाट सुझाव माग गरेको हो ।

इच्छुक आम नागरिक, वैदेशिक लगानीकर्ता, विज्ञ तथा व्यवसायीहरुले आगामी मंसिर १५ गतेभित्र आयोगको सचिवालय हरिहर भवन ललितपुरमा पुग्नेगरी सुझाव पठाउन सक्नेछन् । त्यस्तै, इमेल ठेगाना [email protected] मा पनि सुझाव पठाउन सकिनेछ ।

सरकारले गत असोज २१ गते खनालको अध्यक्षतामा आयोग गठन गरेको थियो । आयोग सदस्यमा राष्ट्रिय योजना आयोगका सदस्य डा.प्रकाशकुमार श्रेष्ठ, त्रिभुवन विश्वविद्यालय केन्द्रीय विभागका प्रमुख प्रा.डा. रामप्रसाद ज्ञवाली, अर्थविद् डा. विश्वास गौचन र नीति अनुसन्धान प्रतिष्ठानका वरिष्ठ अनुसन्धानकर्ता डा. कल्पना खनाल छन् ।

उक्त आयोगले ६ महिनाभित्र विस्तृत अध्ययन गरी सरकारलाई आर्थिक सुधारका लागि सुझावसहित प्रतिवेदन बुझाउने छ ।

Recent Comments

No comments to show.