बीपी राजमार्गमा २४ सै घण्टा गाडी चलाउन पाइने

बीपी राजमार्गमा २४ सै घण्टा गाडी चलाउन पाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । बीपी राजमार्गमा २४सै घण्टा गाडी चलाउन पाइने भएको छ ।

सडक डिभिजन कार्यालय, भक्तपुरले एक सूचना जारी गर्दै आजदेखि धुलिखेल-भकुण्डेबेँसी सडकखण्डमा २४सै घण्टा सवारीसाधन चलाउन पाइने जानकारी गराएको हो ।

सडक डिभिजनले गत असोज ३० गतेदेखि धुलिखेल-भकुण्डेबेँसी (वर्षेखोला) खण्डमा बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म सवारी साधन संचालनमा रोक लगाइएको थियो ।

नयाँ ट्रयाक खोलेर गत सातदेखि संचालनमा ल्याइएको उक्त खण्डमा जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले सवारी संचालनमा रोक लगाइएको थियो ।

गत असोज १० देखि १२ गतेसम्म आएको बढीपहिरोले उक्त खण्डको अधिकांश सडक बगाएको थियो । करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोली असोज २५ गतेदेखि यात्रुवाहक सवारी साधन सुचारु गरिएको थियो ।

संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग छोटो दूरीको प्रमुख राजमार्ग हो ।

Recent Comments

No comments to show.