दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको जहाजमा बम राखेको हल्ला

दिल्लीबाट काठमाडौं आएको भिस्तारा एयरको जहाजमा बम राखेको हल्ला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको नयाँदिल्लीबाट काठमाडौं आएको भिस्तार एयरवेजको जहाजमा बम राखिएको हल्ला फैलिएको छ ।

भिस्ताराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भइसकेको छ ।

दिल्लीबाटै उक्त विमानमा बम राखेको फोन आएको बताइएको छ । बमा राखेको खबर आएपछि अहिले उक्त जहाजमा नेपाली सेनाको टोलीले चेकजाँच गरिरहेको छ ।

विमानमा रहेका सबै यात्रुलाई बाहिर निकालिसकिएको छ भने उक्त जहाजलाई छुट्टै राखेर सुरक्षाकर्मीले चेकजाँच गरिरहेका छन्।

पछिल्लो समय भारतीय जहाजहरूमा बम राखेको हल्ला फैलिने क्रम बढेको छ । जसकारण कयौं उडान प्रभावित भएका छन् भने केही जहाजहरु डाइभर्ट गरी विभिन्न ठाउँमा अवतरण गरिएका छन् ।

Recent Comments

No comments to show.