काठमाडौं । नागढुंगा-नौबिसे सडकको वैकल्पिक मार्गको रुपमा रहेको सीतापाइला-धार्के (ठूलोखोला) सडक आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको छ ।
धार्के-ठूलोखोला खण्डमा दोस्रो तहको कालोपत्र सुरू भएकाले उक्त सडक आजदेखि बन्द गरिएको हो ।
धादिङको धुनिबेंशी नगरपालिका वडा नम्बर ५ ले एक सूचना जारी गर्दै उक्त सडक बन्द गरिएको जानकारी गराएको छ ।
अर्को सूचना जारी नहुन्जेलसम्म उक्त सडकमा अत्यावश्यक बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको सूचनामा उल्लेख छ ।
प्रतिक्रिया