अरुण भ्यालीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

अरुण भ्यालीको लाभांश पाउन सेयर किन्ने आज अन्तिम दिन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट घोषणा गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले साधरण सभाता तथा लाभांश प्रयोजनका लागि भोलि (कात्तिक ५ गते) बुकक्लोज तोकेको छ । सो अनुसार आजसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउने छन् ।

कम्पनीले गत वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.१५७ प्रतिशत नगद गरी कुल ३.१५७ प्रतिशत लाभांश घोषणा गरेको छ ।

उक्त लाभांश पारित गर्न कम्पनीले कात्तिक १४ गते वार्षिक साधरण सभा बोलाएको छ । कम्पनीको सभा होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

Recent Comments

No comments to show.