सुनको भाउ हालसम्मकै उच्च

सुनको भाउ हालसम्मकै उच्च

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ। नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएका छ । शुक्रबार एकै दिन प्रतितोला २ हजार रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ४ सय रुपैयाँ तोकेको छ । यसअघि बिहीबार  १ लाख  ६२ हजार ४ सय रूपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि ३० रूपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९ सय ५० रूपैयाँमा कारोवार भएको चाँदी आज ३० रूपैयाँले  बढेर १९ सय ८० रूपैयाँमा कारोवार भैइरहेको छ ।  

Recent Comments

No comments to show.