गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण तीव्र गतिमा

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको निर्माण तीव्र गतिमा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चितवनको भरतपुर महानगरपालिका–१५ गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम तीव्र गतिमा भइरहेको छ। रङ्गशाला निर्माण कार्य दसैँमा पनि रोकिएको छैन। अहिलेसम्म रङ्गशालाको १० प्रतिशत काम सकिएको छ। भरतपुर महानगरपालिकाले संघ र प्रदेश सरकारसँग सहकार्य गरेर रंगशालाको कामलाई अघि बढाएको हो।

धुर्मुस–सुन्तली फाउन्डेसनले काम गर्न नसकेपछि महानगरपालिकाले अपनत्व लिँदै काम अघि बढाएको हो। ‘हिमालयन कालिन्चोक बिबिआर जेभी’ले बोलपत्र सकारेर काम गरिरहेको छ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार प्यारापिटमुनि ढलाइ गरिएको छ। मैदानको माथिल्लो तह फालेर काम थालिएको छ। गत साउनमा बिबिआर जेभीले निर्माण कार्य सुरु गरेको हो। २०८३ पुससम्ममा रङ्गशाला निर्माण सम्पन्न गर्ने गरी  ७८ करोड ५१ लाखमा ठेक्का लगाइएको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले बताइन्।

रङ्गशाला निर्माण गर्न चालु आर्थिक वर्षमा संघीय र प्रदेश सरकारले ५० करोड रुपैया विनियोजन गरेका छन्।रङ्गशालामा दैनिक दुई चरणमा काम भइरहेको छ। चाडपर्वमा समेत  काम नरोकिने प्रमुख दाहालले बताइन्। काममा अवरोध नहोस् भनेर महानगरपालिकाका डिभिजनल इन्जिनियर नेतृत्वको प्राविधिक समूहले प्रत्यक्षरुपमा रेखदेख गर्ने व्यवस्था गरिएको छ। 

Recent Comments

No comments to show.