फूलपातीका दिन नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उडान गर्ने

फूलपातीका दिन नेपाल एयरलाइन्सले काठमाडौं-भैरहवा उडान गर्ने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ।  फूलपातीका दिन नेपाल वायुसेवा निगमले काठमाडौं-भैरहवा उडान गर्ने भएको छ।

मनसुनजन्य विपद्का कारण देशभर सडक संरचनामा क्षति पुगेकाले चाडवाडमा नागरिकहरुको सुविधालाई लक्षित गरेर निगमले काठमाडौं-भैरहवा-काठमाडौं उडान गर्ने भएको हो।

आवतजावतमा सहजता प्रदान गर्नका लागि फूलपातिको दिन (असोज २४ गते) काठमाडौं निगमको जहाजबाट उद्दार उडान गर्ने निगमले जनाएको छ।

आर.ए-१७३३ उडान नम्बरमा बिहान ११ बजे काठमाडौं-भैरहवा उडान गर्ने र त्यसको लागि एकतर्फी भाडादर ७ हजार रुपैयाँ राखिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए। उनकाअनुसार विमानमा ३० केजीको लगेज लैजान पाउनेछन्।

त्यस्तै सोही दिन साढे १२ बजे आर.ए-१७४३ उडान नम्बरमा भैरहवा-काठमाडौं उडान भर्ने र ३ हजार ८ सय भाडादर कायम गरिएको बताए। यात्रुहरुले निगमको आन्तरिक विक्रि कार्यालय, निगमको Website (www.nepalairlines.com.np) वा आफ्नो मोबाइलबाट समेत Online Ticket लिन सकिने व्यवस्था रहेको निगमले जनाएको छ।

अविरल वर्षाका कारण काठमाडौं उपत्यकाबाट बाहिर जाने/आउने राजमार्गहरु बाढी तथा पहिरोले क्षतिग्रस्त बनाएको हुँदा स्थल आवागमनमा कठिनाई भएको अवस्थामा निगमले वडादशैमा आ–आफ्नो जिल्ला स्थित घर आउन/जान सहज होस भनी वडादशैंको फुलपातीको सेवा दिन लागेको कार्यकारी अध्यक्ष अधिकारीले बताए।

Recent Comments

No comments to show.