काठमाडौं । प्राइम कमर्शियल बैंकले बाढीपहिरो प्रभावितलाई ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गर्ने निर्णय गरेको हो ।
बैंकले अविरल वर्षासँगै आएको भीषण बाढीपहिरोका कारण जनधनको अपूरणीय क्षतिप्रति गहिरो दुःख पनि व्यक्त गरेको छ ।
प्रतिक्रिया