त्रिशूली । छहरे–टोखा सडकखण्डअन्तर्गत नुवाकोटको शिवपुरी गाउँपालिका–७ मा माइक्रोबस दुर्घटना हुदाँ १२ जना यात्रु घाइते भएका छन् ।
काठमाडौँबाट नुवाकोट हुँदै पोखरातर्फ जान लागेको ग १ ख ४५३५ नम्बरको माइक्रोबस आज दिउँसो अदुवारीमोडमा अनियन्त्रित हुँदा सडकबाट ५० मिटर तल खसेको घटनास्थलमा रहेका प्रहरी नायव उपरीक्षक तिलक भारतीले जानकारी दिए।
माइक्रोबसमा १८ यात्रु सवार थिए । घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
धादिङको विभिन्न स्थानमा पहिरो गएका कारण सो माइक्रोबस काठमाडौँको टोखाबाट नुवाकोट हुँदै धादिङको गल्छी निस्केर पोखरा जाने क्रममा नुवाकोटमा दुर्घटनामा परेको हो ।
माइक्रोबस भीरमा मौवाको रुखमा अड्किएका कारण ठूलो क्षति हुनबाट जोगिएको प्रहरी नायव उपरीक्षक भारतीले बताए ।
प्रतिक्रिया