नेप्सेमा उच्च अंकको वृद्धि, ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच

नेप्सेमा उच्च अंकको वृद्धि, ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । आइतबार २२ अंकले घटेको नेप्से आज ४४ अंकले बढेको हो ।

सोमबार नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा पुगेको छ । आज ३१९ कम्पनीको ९७ लाख १७ हजार ९५९ कित्ता सेयर किनबेच भएको छ ।

सूचकमा वृद्धि भए पनि कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २४ करोड रुपैयाँले घटेर ३ अर्ब ७१ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ ओटा समूहमध्ये म्युचुअल फण्ड बाहेक अरु सबै समूहको परिसूचक बढेको छ । फाइनान्स समूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशतले बढेको छ । त्यस्तै, होटल र उत्पादनमूलक समूहको परिसूचक ३ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज सीएचडीसी हाइड्रोपावरको सर्वाधिक १७ करोड ६९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । त्यस्तै, सर्वोत्तम सिमेन्टको १७ करोड १५ लाख रुपैयाँको कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये २१० कम्पनीको सेयर मूल्य बढेको छ भने ३३ कम्पनीको मात्र घटेको छ ।

उच्च अंकले बढेको बजारमा आज सीएचडीबी हाइड्रोपावरको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।

त्यस्तै, युनाइटेड मोदी हाइड्रोपावर, सर्वोत्तम सिमेन्ट, सोनापुर सिमेन्टको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

आज प्रभु सेलेक्ट फण्डका इकाईधनीले भने सर्वाधिक ९.३६ प्रतिशत गुमाएका छन् ।

Recent Comments

No comments to show.