चाडपर्वमा प्रहरीको सुरक्षा योजना : ५ मिनेटमै घटना स्थलमा पुग्ने, ड्रोनबाट निगरानीसम्म

चाडपर्वमा प्रहरीको सुरक्षा योजना : ५ मिनेटमै घटना स्थलमा पुग्ने, ड्रोनबाट निगरानीसम्म

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । दशैँ तिहारलाई लक्षित गरेर प्रहरीले काठमाडौं उपत्यकामा चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार दशैंमा टिकट काउन्टर, खसी बजारको सुरक्षाका लागि उपत्यकाका १६ स्थानमा प्रहरी नायव उपरीक्षक (डीएसपी)को कमान्डमा सुरक्षाकर्मी परिचालन गरिने छ । प्रत्येक टोलीमा १० जना प्रहरी रहने छन् ।

कलंकी, बल्खु, सुन्धारा, पुरानो बसपार्क, नयाँ बसपार्क, गोङ्गबु, गौशाला, चाबहिल, कोटेश्वर, हलचोक सहित १२ वटा टिकट काउन्टरमा प्रहरीको निगरानी टोली परिचालन गरिएको छ ।

त्यस्तै, ७६ वटा क्युआरटी गस्ती, सूचना सङ्कलनका लागि सादा पोसाकमा ३८, सिल, सर्च र कार्डोन तथा २२ सँगै एमबुसिङ र निगरानी २२ टोली परिचालन, २४ वटा टोलीले मोबाइल भ्यानबाट गस्ती गरिने भएको छ ।

साथै स्ट्रिकिङ ३ काठमाडौं उपत्यका भित्रिने नाकामा कुकुर सहितको चेकजाँच प्रत्येक दिन गरिने छ । भीडभाड हुने स्थानमा प्रहरीले ड्रोनमार्फत पनि निगरानी गर्ने भएको छ ।

प्रहरीले चाडपर्वमा लुटपाट तथा कुटपिट, चोरी तथा स्न्याचिङ, डकैती, सवारी दुर्घटना, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, मदिरा सेवन गरी झैझगडा, ट्राफिक नियम उल्लंघन, आगजनी तथा बिस्फोटन, ड्रिंक एन्ड ड्राइभ, हिट एण्ड रन, चिट्ठाको प्रलोभनमा ठगी, कृत्रिम अभाव तथा कालोबजारी, नाका स्टेशनमा बाहिरिनेको चापमा हुने अवैध धन्दा, महँगो भाडा असुली, मदिराका कारण हुने अपराध, धार्मिक तथा किनमेल स्थलमा हुने पाकेटमारी र बन्द पसल तथा खाली घरहरूमा हुने चोरीलाई सम्भावित अपराध मानेको छ ।

कुनै घटना भइहालेमा ५ देखि १० मिनेटभित्र प्रहरी पुग्ने गरी व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ । काठमाडौं जिल्लामा मात्रै ३ हजार ७६५ प्रहरी खटाइनेछ ।

Recent Comments

No comments to show.