लेनदेनको आरोपमा प्रहरी निरिक्षक शाही जिम्मेवारी मुक्त

लेनदेनको आरोपमा प्रहरी निरिक्षक शाही जिम्मेवारी मुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  बलात्कारसम्बन्धी एक मुद्दामा पैसा लेनदेन गरेको आरोपमा प्रहरी प्रभाग, भैंसेपाटीकी इञ्चार्ज रहेकी इन्स्पेक्टर बिनुकुमारी शाहीलाई जिम्मेवारी मुक्त गरिएको छ। 

शाहीलाई छानबिनका लागि जिम्मेवारीबाट मुक्त गर्दै उपत्यका प्रहरीमा तानिएको छ। रकम लेनदेन गरेको विषयमा छानबिन समिति समेत गठन गरिएको छ। 

छानबिनका लागि जिल्ला प्रहरी परिसर, ललितपुरका डीएसपी नरहरि अधिकारीको नेतृत्वमा सात सदस्यीय समिति गठन भएको छ। 

इन्स्पेक्टर शाहीले एक व्यवसायीसँग ३० लाख रुपैयाँ लेनदेन गर्दै आफन्तको बैंक खातामा राख्न लगाएको सूचनाका आधारमा जिम्मेवारी मुक्त गरिएको हो। छानविनपछि उपत्यका प्रहरीले तथ्य बाहिर ल्याइने भएको छ। 

Recent Comments

No comments to show.