काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले कम्पनी सचिवमा दिपेशबाबु तिवारी नियुक्त भएका छन् । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
वरिष्ठ सहायक महाप्रबन्धकसमेत रहेका तिवारीलाई कार्तिक १ गतेदेखि लागू हुनेगरी कम्पनी सचिवमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।
हाल कम्पनी सचिव रहेका नारायणहरि अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाउँदै राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत गर्दै सञ्चालक समितिको बैठकले तिवारीलाई सचिवको जिम्मेवारी दिएको हो ।
प्रतिक्रिया