श्रीमतिको हत्या गरी श्रीमानद्वारा आत्महत्या

श्रीमतिको हत्या गरी श्रीमानद्वारा आत्महत्या

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । इलामको सन्दकपुर गाउँपालिकामा एकजनाले श्रीमतिको हत्या गरी आत्महत्या गरेका छन्।

सन्दकपुर गाउँपालिका–१ भित्तेका ४६ वर्षे उजबहादुर राईले धारिलो हतियार प्रहार गरी ४० वर्षीया फूलकुमारीको हत्या गरेको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले बताए। ढकालका अनुसार उजबहादुरले पत्नीको टाउकाको पछाडिपट्टि धारिलो हतियार प्रहार गरी बिभत्स हत्या गरेका हुन्।

फूलकुमारीको शव घरभन्दा ६०–७० मिटर तल मूलबाटोमुनि फेला परेको छ भने उजबहादुरको शव नजिकै निबारोको रुखमा भुन्डिएको अवस्थामा भेटिएको एसपी ढकालले जानकारी दिए।

‘घरमा उजबहादुर र फूलमायामात्रै बस्नेगरेका रहेछन्,’ एसपी ढकालले भने, ‘जेठा छोरा वैदेशिक रोजगारीमा गएको र  कान्छा छोरा इलामकै फिक्कलमा बसोबास गर्नेगरेको जानकारी पाइयो।’

घटनाबारे थप अनुसन्धान भइरहेको र दुवैजनाको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याउन लागिएको उनले जनाए। 

Recent Comments

No comments to show.