आजको विदेशी मुद्रा विनिमय दर

आजको विदेशी मुद्रा विनिमय दर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ३१ पैसा कायम भएको छ।

युरोपियन यूरो एकको खरिददर एक सय ४८ रुपैयाँ ७६ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ। केन्द्रीय बैंककानुसार युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ४४ पैसा रहेको छ।

यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ५१  पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ २२ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७७ पैसा र बिक्रीदर ९१ रुपैयाँ १८ पैसा निर्धारण गरिएको छ।

क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३६ र बिक्रीदर एक सय तीन रुपैयाँ ८२ पैसा कायम भएको छ।

जापानी येन १० को खरिददर नौ रुपैयाँ ४४ पैसा र बिक्रीदर नौ रुपैयाँ ४८ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८८ पैसा र बिक्रीदर १८ रुपैयाँ ९६ पैसा कायम छ।

राष्ट्र बैंककानुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८४ पैसा कायम भएको छ।

थाई भाट एकको खरिददर चार रुपैयाँ ०२ पैसा र बिक्रीदर चार रुपैयाँ ०४  पैसा कायम छ। साथै युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६ रुपैयाँ ५७ पैसा रहेको छ।

मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा, साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ १० पैसा र बिक्रीदर १० रुपैयाँ १४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३ रुपैयाँ २० पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ९४ पैसा र बिक्रीदर २० रुपैयाँ ०३ पैसा छ।

हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १६ पैसा र बिक्रीदर १७ रुपैयाँ २३ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ५९ पैसा र बिक्रीदर ४४० रुपैयाँ ५६ पैसा छ भने बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ७७ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ ३६ पैसा कायम भएको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाइएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। 

Recent Comments

No comments to show.