टेलिकमले ल्यायो संविधान दिवस अफर, के-के छन् सुविधा?

टेलिकमले ल्यायो संविधान दिवस अफर, के-के छन् सुविधा?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं  । संविधान दिवस (३ असोज)को अवसरमा नेपाल टेलिकमले विभिन्न अफर ल्याएको छ। 

टेलिकमले ल्याएको यो अफर आज (२ असोज)देखि असोज ४ गते (शुक्रबार) सम्म लागू हुनेछ।

टेलिकमले सार्वजनिक गरेको अफर अनुसार  ४९ रुपैयाँमा एक दिनभरि १ एमबीपीएस अनलिमिटेड डाटा र एक सय मिनेट कल प्राप्त हुनेछ।

त्यसैगरी, १११ रुपैयाँमा ५ दिनसम्म चलाउन सकिने ६ जीबी डाटा र १९९ रुपैयाँमा ७ दिनसम्म चलाउन सकिने १३ जीबी डाटा प्राप्त हुने टेलिकमले जनाएको छ।

त्यसैगरी २९९ रुपैयाँमा मा १२ दिनसम्म चलाउन सकिने २० जीबी डाटा र ३९९ रुपैयाँमा १५ दिनसम्म चलाउन सकिने ३० जीबी डाटा प्याकेज पनि उपलब्ध रहेको टेलिकमको सूचनामा उल्लेख छ।

Recent Comments

No comments to show.