नेप्सेमा उच्च अंकको गिरावट, २ करोड ६५ लाखको कारोबार

नेप्सेमा उच्च अंकको गिरावट, २ करोड ६५ लाखको कारोबार

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेयर बजार भारी गिरावट आएको छ । अघिल्लो दुई कारोबार दिनमा १३४ अंकले बढेको नेप्से आज एकैदिन ९० अंकले घटेको हो ।

बुधबार नेप्से परिसूचक ९०.७३ अंकले घटेर २७३९.४६ बिन्दुमा आइपुगेको छ । ३२० कम्पनीको २ करोड ६५ लाख ८४ हजार १९२ कित्ता सेयर किनबेच भएको छ ।

सूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ५९ करोड रुपैयाँले घटेर १२ अर्ब ९२ करोड रुपैयाँमा सीमित भएको छ ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूच्क राताम्मे भएको छ । फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ५.१५ प्रतिशतले घटेको छ । त्यस्तै, होटल समूहको परिसूचक ४.४७ प्रतिशतले घटेको छ ।

आज नेपाल फाइनान्सको सर्वाधिक ३० करोड ५२ लाख रुपैयाँ बढीको सेयर किनबेच भएको छ । त्यस्तै, एक्सेल डेभलपमेन्ट बैंकको ३० करोड रुपैयाँको सेयर कारोबार भएको छ ।

आज कारोबारमा आएका मध्ये १०६ कम्पनीको सेयर मूल्य बढेको छ भने १३३ कम्पनीको घटेको छ ।

भारी गिरावट आएको बजारमा पनि आज ५ कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । एक्सेल डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त, समाज लघुवित्त र इस्टर्न हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

आज गुडविल फाइनान्सका सेयरधनीले सर्वाधिक ८.६१ प्रतिशत गुमाएका छन् ।

Recent Comments

No comments to show.