हरितालिका तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

हरितालिका तीज विशेष शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं ।  नजिकिँदै गरेको सांस्कृतिक पर्व तीजको अवसरमा महिला विकास संघ नेपालको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा कानुनी परामर्श तथा तीज विशेष शुभकामना आदानप्रदान २०८१ सम्पन्न भएको छ ।

महिला विकास संघ नेपालद्रारा राजधानीमा आयोजना गरिएको उक्त कार्यक्रममा नेपालको संविधानले व्यवस्था गरेको महिला हक र त्यससम्बन्धी बनेका ऐन, नियमका बारेमा छलफल गरिएको गरिएको थियो । 

मङ्गलवार आयोजित  कार्यक्रमबाट विभिन्न संघ संस्थाका महिलाहरुले परामर्श पाएका हुन् ।

यसैबीच, कार्यक्रममा अधिवक्ता सविन पोखरेलले महिला हक र त्यससम्बन्धी बनेका ऐन, नियमका बारे कानुनी व्यवस्था, विधि र प्रक्रियाबारे सुसूचित गराएका थिए । 

संविधानले महिला, दलित, ज्येष्ठ नागरिक, अपाङ्ग र बालबालिकाको हकअधिकार सुनिश्चित गरेकोमा आफूहरु खुसी रहेको तर कार्यान्वयन नहुनुले दुःखी बनाएको संस्थाकी अध्यक्ष रमिला पोखरेलले गुनासो गरिन्।

साही अबसरमा संघका पदाधिकरी तथा सदस्यहरुद्धारा नृत्य लगायत विविध मनोरञ्जनात्मक कार्यक्रम प्रस्तुत गरिएको थियो । 

Recent Comments

No comments to show.