नबिल बैंकको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

नबिल बैंकको अग्राधिकार सेयर जारी गर्ने प्रस्ताव पारित

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नबिल बैंकको विशेष साधारणसभाले अग्राधिकार सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

बैंकका सञ्चालक समितिका अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको अध्यक्षतामा भदौ १७ गते बसेको साधरण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

नबिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ‘नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्न लागेको हो।

बैंकको व्यापार वृद्धि तथा जोखिमहरूलाई सम्बोधन गर्न अतिरिक्त प्राथमिक पूँजी (टायर १ क्यापिटल)को माध्यमबाट पूँजीगत आधारमा वृद्धि गर्न आवश्यक भएकाले अग्राधिकार सेयर जारी गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकका अध्यक्ष पौडेलले बैंकलाई यो उचाइमा पुर्याउनमा शेयरधनी लगायत सरोकारवाला पक्षहरूबाट विगत लामो समयदेखि सराहनीय योगदान प्राप्त भए जस्तै यस उपकरणलाई सार्थक तथा सफल बनाउने कार्यमा सहयोगको अपेक्षा गरेको बताए ।

आगामी वर्षहरूमा समेत आ-आफ्नो स्थानबाट बैंकको उचाइलाई थप बढाउनेतर्फ शेयरधनी लगायत सरोकारवाला पक्षहरूको महत्वपूर्ण योगदान रहनेछ भन्नेमा पनि बैंक विश्वस्त रहेको उनले सभामा जानकारी गराए ।

सभाले पारित गरेको नबिल ८ प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयरको मताधिकार नहुने भएकोले वर्तमान सेयरधनीको मताधिकारलाई असर नगर्ने तथा यस अविमोच्य असञ्चिति अग्राधिकार सेयर संस्थागत लगानिकर्तामा मात्र व्यक्तिगत तवरबाट जारी गरिनेछ ।

साथै यो नेपाली पूँजी बजारका लागि नविनतम् पूँजी उपकरण भएकाले नेपाल राष्ट्र बैंकले यस सम्बन्धी व्यवस्था गरेपछि नबिल बैंकले नै पहिलो पटक विशेष साधारणसभाबाट पारित गरेर जारी गर्न लागेको हो । सम्बन्धित नियामकीय निकायहरूको अन्तिम स्वीकृति पश्चात् कुनै संशोधन वा थप परिमार्जन आवश्यक भएमा सो समेत गरी ‘अग्राधिकार सेयर’ जारी हुनेछ ।

समाजिक उत्तरदायित्वमा समेत नबिल बैंक अघि रहेको तथा बैंकले संस्थागत सुशासन र ग्राहक सन्तुष्टिलाई उच्च प्राथमिकतामा राखेको समेत अध्यक्ष पौडेलले बताए ।

नबिल बैंकले हाल देशभरका २६८ वटा शाखा र ३१६ वटा एटीएममार्फत २४ लाख भन्दा बढी ग्राहकलाई सेवा दिँदै आएको छ ।

Recent Comments

No comments to show.