हवाई भाडा घट्यो, कुन गन्तव्यको शुल्क कति

हवाई भाडा घट्यो, कुन गन्तव्यको शुल्क कति

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा घटेको छ ।

निगमले आइतबार आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ घटाएसँगै नागरिक उड्डयन प्राधिकरण (क्यान)ले इन्धन शुल्क (फ्युल सरचार्ज) घटाएको हो ।

निगमले प्रतिलिटर १३७ रुपैयाँ रहेको आन्तरिक हवाइई इन्धनको मूल्य घटाएर १३२ रुपैयाँ कायम गरेको छ । फ्युल सरचार्ज घटेसँगै हवाई भाडा पनि घटेको छ ।

क्यानले गन्तव्य अनुसार फ्युल सरचार्ज न्यूनतम २० रुपैयाँदेखि अधिकतम २६५ रुपैयाँसम्म घटाएको छ । लुक्ला-फाप्लुको २० रुपैयाँ र विराटनगर-नेपालगञ्जको सर्वाधिक २६५ रुपैयाँ घटेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानमा माउन्टेन फ्लाइटमा फ्युल सरचार्ज १७० रुपैयाँ, भद्रपुर १५० रुपैयाँ, विराटनगर १२० रुपैयाँ, जनकपुर ६५ रुपैयाँ, भरतपुर ५० रुपैयाँ, पोखरा ८० रुपैयाँ, भैरहवा १०५, नेपालगग्जमा १६५, धनगढीमा २२० रुपैयाँ घटेको छ ।

Recent Comments

No comments to show.