१४० मेगावाटको तनहुँ हाइड्रोपावरको विद्युतगृहको कङ्क्रिटको काम सकियो

१४० मेगावाटको तनहुँ हाइड्रोपावरको विद्युतगृहको कङ्क्रिटको काम सकियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

दमौली । तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाअन्तर्गत विद्युत्गृहको कङ्क्रिटको काम सकिएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको प्याकेज दुईअन्तर्गत विद्युत्गृहभित्र कङ्क्रिटको काम सकिएको हो ।

प्याकेज दुईको ठेक्का पाएको सिनो हाइड्रो कर्पोरेशनले विद्युत्गृहभित्र ढलान गरेर कङ्क्रिटको काम सकाएको आयोजना प्रमुख श्यामजी भण्डारीले जानकारी दिए। उनले भने, ‘विद्युत्गृहभित्र संरचना बनाउने काम चलिरहेको छ । सोही बमोजिम पहिलो चरणको कङ्क्रिट गर्ने काम पूरा भएको हो ।’

प्याकेज दुईअन्तर्गत विद्युत्गृह तथा सम्बन्धित उपकरण निर्माणमा हालसम्म ५९ प्रतिशत प्रगति भएको छ । यस प्याकेजको निर्माण कार्य चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशनले गरिरहेको छ । जसअन्तर्गत विद्युत्गृह निर्माणका लागि सुदृढीकरण कार्य जारी रहेको छ । साथै अतिरिक्त मेकानिकल उपकरण तथा पाइप जडान कार्य जारी रहेको बताइएको छ ।

पेनस्टक सुरुङतर्फ पेनस्टक पाइप जडान, वेल्डिङको काम जारी छ भने मुख्य सुरुङतर्फ विसं २०८० चैत १८ गते मुहान सुरुङको ‘ब्रेक थ्रु’ भएपश्चात् बेन्चिङ (तल्लो भाग) तथा आवश्यक सहयोगका लागि ‘स्टील रिब्स्’ जडान कार्य सम्पन्न भएको छ । सर्जट्याङ्क ठाडो सुरुङतर्फ स्काफफोल्डिङ, रेबर जडान तथा कङ्क्रिट कार्य भइरहेको आयोजनाले जनाएको छ ।

Recent Comments

No comments to show.