विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल सकियो

विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा दफावार छलफल सकियो

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । विधायन व्यवस्थापन गर्न बनेको विधेयकको सम्बन्धमा कानुन समितिमा दफावार छलफल सकिएको छ । 

सोमबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकबारे जानकारी दिँदै समिति सभापति विमला सुवेदीले विधेयकको सम्बन्धमा दफावार छलफल सकिएको र दफावार छलफलका आधारमा समिति सचिवालयले कानुन मन्त्रालयसँग समन्वय गरी समितिको मस्यौदा प्रतिवेदन तयार पार्ने जानकारी दिएकी हुन् । समितिको अब बस्ने बैठकमा मस्यौदा प्रस्तुत गरी छलफल हुने र समितिले पारित गर्ने पनि बताइन् । 

समितिको बैठकमा बोल्दै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले विधायन व्यवस्थापन गर्न बनेको विधेयकले विधायन सम्बन्धी कानुन बनाउने कुरालाई व्यवस्थित गर्ने बताए । उनले भने, ‘संशोधनको प्रक्रिया सर्वसम्मत रूपमा अघि बढेको अवस्था छ । यसले विधायन सम्बन्धी कानुन बनाउने कुरालाई प्रबन्धन गर्ने कुरा व्यवस्थित गर्नेछ । यस विधायनले कानुन बनाउने कार्यलाई पारदर्शी, सरोकारवालासँग पारदर्शी ढङ्गले अनुसन्धान र मूल्याङ्कन गरेर अन्य लोकतान्त्रिक देशहरूमा भएको व्यवस्थाअनुसार व्यवस्थित गर्ने काम गर्दछ ।’

दफावार छलफलका क्रममा सांसदहरूले सशक्त रूपमा छलफल गरेको भन्दै धन्यवाद ज्ञापन गरे । 

Recent Comments

No comments to show.