सानिमा बैंकका ग्राहकले नोथिङ र सीएमएफ ब्राण्डका मोबाइल किन्दा ७.४% छुट पाउने

सानिमा बैंकका ग्राहकले नोथिङ र सीएमएफ ब्राण्डका मोबाइल किन्दा ७.४% छुट पाउने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरूलाई डिजिटल बैंकिङ्गका माध्यमहरू प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न सीजी मोबाइल प्राइभेट लिमिटेडमा विशेष छुटको व्यवस्था गरेको छ ।

यस अन्तर्गत सानिमा डेबिट तथा क्रेडिट कार्ड मार्फत सीजी मोबाइलमा सामान खरिद गरी डिजिटल भुक्तानी गर्दा ग्राहकहरूलाई विशेष छुटको पाउने भएका हुन् ।

नोथिङ तथा सीएमएफ ब्राण्डका मोबाइल फोनको खरिदमा ७.४ प्रतिशतसम्म र इयर बड तथा अन्य एक्सेसरीजको खरिद गर्दा ९ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।

यसैगरी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले मासिक किस्ताबन्दी सुविधा पनि प्राप्त गर्ने सक्नेछन् ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरू तथा १२४ वटा एटीएमहरू संचालनमा रहेका छन् ।

Recent Comments

No comments to show.