वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर

वीरगञ्ज नाकाबाट मोटरसाइकल आयात दोब्बर

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पर्सा । देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जबाट मोटरसाइकल अयातामा उलेख्य वृद्धि भएको छ । सो नाका प्रयोग गरी जीप र कारको आयातमा भने कमी आएको छ ।

गत आर्थिक वर्ष २०८०/८१ को साउनको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिमा जीप र कारको आयातमा ४० प्रतिशतले कमी आएको छ । सो अवधिमा मोटरसाइकलको आयात शतप्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको साउन महिनामा वीरगञ्ज नाकाबाट ४६ करोड ७७ लाखका ३ हजार ५७१ थान मोटरसाइकल आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी राघुलाल कर्णले जानकारी दिए । चालु आवको साउनमा भने ९४ करोड ४८ लाख रुपैयाँका ७ हजार १५० थान मोटरसाइकल आयात भएका थिए ।

वीरगञ्ज भन्सार कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको साउन महिनामा २० करोड ६० लाख रुपैयाँका १२७ थान जीप र कार आयात भएका थिए भने चालु आवको सोही अवधिमा १४ करोड ४४ लाख रुपैयाँको ७६ थान मात्र जिप र कार आयात गरिएको छ ।

भारत तथा तेस्रो मुलुकबाट पाटपुर्जा भित्र्याइए नेपालमै पेट्रोलबाट चल्ने मोटरसाइकल एसेम्वल्ड गर्ने आयातकर्तालाई सरकारले राजस्वमा ५० प्रतिशत छुट दिएका कारण आयात वृद्धि भएको सूचना अधिकारी कर्णले बताए ।

गत आर्थिक वर्षको साउन महिनामा मोटरसाइकल आयातबाट ४४ करोड २१ लाख रुपैयाँ राजस्व सङ्कलन भएको थियो । चालु आवको सोही अवधिमा भने ८८ करोड ६४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको कार्यालयले जनाएको छ । रासस

Recent Comments

No comments to show.