आज कुशे औँशी, गोकर्णेश्वर र पशुपतिमा श्राद्ध गर्नेको भीड

आज कुशे औँशी, गोकर्णेश्वर र पशुपतिमा श्राद्ध गर्नेको भीड

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । आज कुशे औँसी अर्थात् बाबुको मुख हेर्ने दिन । कुशे औँसीका दिन छोराछोरीहरू परम्पराअनुसार आफ्नो पितालाई मन पर्ने खानेकुरा खुवाई आदर सम्मान प्रकट गर्दै पिताको मुख हेरेर मनाउने गर्दछन् । 

कुशे औँसीको अवसरमा आज काठमाडौँको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ । कुशे औँसीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित बागमती नदी किनारमा आफ्नो पिता गुमाएकाहरूले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्ड दान दिई पितालाई सम्झनेहरूको भीड देख्न सकिन्छ । 

आजको दिन विशेष गरी उत्तर गया भनेर चिनिने काठमाडौँको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष घुइँचो लाग्छ । आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

Recent Comments

No comments to show.