आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ : महासचिव पोखरेल

आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो हुन्छ : महासचिव पोखरेल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले नेपालको आफ्नै उत्पादनमा आधारित किनबेच हुनसके अर्थतन्त्र बलियो बन्ने बताउनुभएको छ।

आइतबार काठमाडौँमा नेपाल बुद्धिजीवी परिषद् केन्द्रीय महिला विभागद्वार आयोजित सामाजिक रूपान्तरणका लागि तिज समसामयिक विमर्श कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने प्रवृत्तिले अर्थतन्त्र बलियो नबनाउने बताउनुभयो। उहाँले अहिले कमाइको मुख्य श्रोत नै श्रम किनबेच रहेको बताउनुभयो। उहाँले श्रम बेचेर कमाई गर्ने र सामान किनेर खर्च गर्नेकुरा स्वाधीनता र सार्वभौम सत्ताका लागि अनुकूल ढाँचा नभएको बताउनुभयो। उहाँले यसले देशलाई कमजोर र खोक्रो बनाइरहेको बताउनुभयो। उहाँले देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्नुपर्ने बताउनुभयो। 

चाडपर्वले अर्थतन्त्रलाई चलायमान बनाउन पूजा कोठामा प्रयोग गर्ने सामान स्वदेशमै उत्पादित हुनुपर्ने बताउनुभयो। उहाँले देशभित्रको उत्पादनलाई प्रयोग नगरी बाहिरबाट सामान आयात गर्नेकुरा संस्कृति विपरीतको कार्य भएको बताउनुभयो। भगवानलाई पनि आफूले उत्पादन गरेको कुरा नै चढाउने र भोग लगाउने बानी बसाउनु आवश्यक रहेको बताउनुभयो। 

उहाँले भन्नुभयो, ‘नेपालको आफ्नै उत्पादन आधारित किनबेच हुन्छ भने त्यसले अर्थतन्त्र बलियो बनाउँछ। तर आज हामी के गरिरहेका छौँ, सबै चिज बाहिरबाट ल्याउने र त्यसमा पैसा खर्च गर्ने। मान्छे बाहिर पठाएर श्रम बेचेर कमाइ गर्ने, सामान किनेर खर्च गर्ने हाम्रो समाजको जुन प्रकारको ढाँचामा गइरहेका छौँ, यो ढाँचा हाम्रो स्वाधीनता र सार्वभौम सत्ताका लागि अनुकूल ढाँचा हो कि होइन ? भन्दा, होइन। देशभित्रै उत्पादन प्रयोग गर्ने संस्कृति निर्माण गर्ने हो भने चाडपर्वले अर्थतन्त्रलाई चलायमान बनाउँछ।’  

महासचिव पोखरेलले सही विचार सम्प्रेषण गर्नसके समाज रूपान्तरण हुने बताउनुभयो।

Recent Comments

No comments to show.