आज कुन विदेशी मुद्राको मूल्य कति ?

आज कुन विदेशी मुद्राको मूल्य कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ। 

आज अमेरिकी र अस्ट्रेलियन डलर, युरो, पाउन्ड, दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य यथावत छ। अर्थात् हिजो कारोबार भएकै मूल्यमा आज पनि विदेशी मुद्राहरुको कारोबार हुँदैछ।

राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ८९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ४९ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ। 

आजको लागि बेलायती पाउन्ड १ को खरिददर १७६ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७७ रुपैयाँ २४ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ९१ रुपैयाँ ०१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ४२ पैसा निर्धारण भएको छ। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३८ रुपैयाँ ३३ र बिक्रीदर ४४० रुपैयाँ २९ पैसा निर्धारण भएको छ। 

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५५ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५६ रुपैयाँ ८० पैसा निर्धारण भएको छ।

हेर्नुहोस् आजको लागि अरु विदेशी मुद्राको सूची

Recent Comments

No comments to show.