देश अभिभावकविहीन भयो: लिङ्देन

देश अभिभावकविहीन भयो: लिङ्देन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले देश अभिभावकविहीन भएको बताएका छन्।

शुक्रवार काठमाडौंमा पार्टीको केन्द्रीय सल्लाहकार समितिको बैठकमा अध्यक्ष लिङ्देनले नेपाली जनताको मत पाएर बनेका ठूला राजनीतिक दलहरु नै अस्थिरताको कारक बनेपछि देश अभिभावकविहीन भएको बताएका हुन्।

उनले अब राप्रपा जनताको अभिभावकत्व प्रदान नगरे देश दुर्घटनामै जाने बताए।

‘सत्ताको कुन प्रकारको दुरुपयोग भएको छ, हामी साक्षी छौं । राप्रपा जस्तो शक्ति बलियो बनेर नआउने हो भने र जनतालाई अभिभावकत्व प्रदान नगर्ने हो भने देश ठूलो दुर्घटनामा जान्छ,’ उनले भने।

देश बाहिरबाट हेर्दा ठिकठाक देखिएपनि परिस्थिती सामान्य नरहेको उनको भनाइ छ।

विभिन्न राजनीतिक दल र त्यसका नेताहरूले आफूले पाएको मौका व्यक्तिगत र पार्टीको जीवन चिरस्थायी बनाउने काममा मात्र लगाएको उनले बताए।   

लिङ्देनले अहिलेका सत्ताधारी दलहरूले नेपालमा दुई दलीय शासन व्यवस्थाको परिकल्पना गरेको र त्यो सामान्य नरहेको पनि बताए।

‘नेपालमा दुई दलीय व्यवस्था भनेको सामान्य कुरा होइन जुन काँग्रेस र कम्युनिष्टहरुले परिकल्पना गरिरहेका छन्,’ उनले भने।

त्यसकारण राप्रपाजस्तो शक्ति बलियो नबने देशले अझै कष्ट व्यहोर्नुपर्ने बताए।

(न्युज एजेन्सी नेपालबाट)

Recent Comments

No comments to show.