चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डीसी नियुक्त

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं। सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेशराज दाहाल (डीसी)लाई नियुक्त गरेको छ ।

बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले डीसीलाई बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो । डिसी सत्तारुढ एमाले निकट भातृ संगठनमा आवद्ध छन्।

उनी जनपक्षीय चलचित्रकर्मी संघका अध्यक्ष, जनसांस्कृतिक महासंघको केन्द्रीय सदस्य तथा चलचित्र निर्देशक समाजको पूर्वअध्यक्ष समेत हुन्। 

डिसीले सन् १९९७ मा रिलिज भएको फिल्म ‘सुनचाँदी’बाट  अभिनयमा डेब्यु गरेका थिए।

उनले दाइको ससुराली, सावधान, मायाज बार, फूलैफूलको मौसम तिमीलाई, छ एकान छ जस्ता फिल्म निर्देशन गरिसकेका छन्। 

Recent Comments

No comments to show.