काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले अनावश्यक तडकभडक र खर्चिलो हुने गरी तीज कार्यक्रम गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएको छ ।
प्रशासनले बिहीबार एक सूचना जारी गर्दै तडकभडकसहित खर्चिला कार्यक्रम गरेको पाइएका कानुन बमोजिम कारबाही गर्ने जनाएको हो।
विगतका तुलनामा पछिल्ला केही वर्षमा तीज मनाउने क्रममा अनावश्यक तडकभडक सहितका खर्चिला कार्यकमहरू बढ्दै गएको देखिएको प्रशासनको भनाइ छ ।
‘सामाजिक व्यवहार (सुधार) ऐन २०३३ र सामाजिक व्यवहार (सुधार) नियमावली २०३३ ले धार्मिक, सामाजिक तथा साँस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै छ,’ प्रशासनले जारी गरेको सूचनामा भनिएको छ, ‘आफ्नो परम्परा एवं सामाजिक रितिरिवाजलाई मौलिक रुपमा संरक्षण र संवद्र्धन गर्नेबाहेक अन्य कुनै पनि खालका तीजसँग सम्बन्धित खर्चिला र भड्किलो कार्यकम सञ्चालन नगर्नु÷नगराउनु हुन हार्दिक अनुरोध छ।’
प्रतिक्रिया