सुदूरपश्चिमको विकासका लागि प्रतिबद्ध छु : डा. राणा

सुदूरपश्चिमको विकासका लागि प्रतिबद्ध छु : डा. राणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकी छन्। 

गौरा पर्व मनाउन आज धनगढी पुगेकी परराष्ट्रमन्त्री राणाले आफू सो क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताएकी हुन्। हालैको आफ्नो भारत भ्रमणमा पनि आफूले यस क्षेत्रको विकासको विषयमा भारत सरकारसँग छलफल गरेको उनले बताइन्।

धनगढी उपमहानगरपालिका वडा नं ४ मा निर्मित आधारभूत स्वास्थ्यकेन्द्र एवं वडा कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति गर्ने विषयमा भारत भ्रमणको क्रममा छलफल गरेको बताइन्।

 ‘केही वर्ष अघि पनि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएका वेला यो नाकाका बारेमा कुरा राख्नुभएको थियो। यो नाका हाम्रो सुदूरपश्चिम क्षेत्रकै ‘लाइफ लाइन’ होm त्यसैले यस पटकको भ्रमणमा मैले हाम्रा तर्फबाट यस विषयमा कुरा राखेको छु,’ उनले भनिन्, भारतीय पक्षबाट पनि केही लिखित प्रस्ताव आओस् भन्ने कुरा आएको छ। हामी यो नाकाको स्तरोन्नति गरी पूर्ण क्षमतामा सञ्चालन गर्ने गरी प्रक्रिया अघि बढाउने छौँ।’

उनले भारत भ्रममणकै क्रममा धनगढीको फाप्लुमा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि कुरा राखेको जानकारी दिइन्।

Recent Comments

No comments to show.