ललितपुर । राष्ट्रिय महिला क्रिकेट टोलीका कप्तान इन्दु बर्मा प्रोफेसनल एजुकेसन कन्सलटेन्सी (पीइसी)को ब्रान्ड एम्बेसडरमा चयन हुनुभएको छ ।
विगत ३१ वर्षदेखि उचित शैक्षिक परामर्श प्रदान गर्दै आएकाे पीइसीले आइतबार ललितपुरमा पत्रकार सम्मेलन गरी कप्तान बर्मालाई ब्रान्ड एम्बेसडरमा चयन गरिएको घाेषणा गरेकाे हाे । पीइसीले बर्मालाई दुई बर्षका लागि ब्रान्ड एम्बेसडरमा चयन जनाएको छ ।
पीइसीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले नेपाली खेल जगतमा उदाउँदो स्टार इन्दु बर्माको खेलप्रतिको लगाव, राष्ट्रिय टिमको नेतृत्व, र खेल क्षेत्रमा हासिल गरेका विशिष्ट उपलब्धीहरूलाई प्रेरित गर्दै खेल तथा शिक्षाको क्षेत्र सन्तुलित रूपमा जोड्न साझेदारी गरिएको बताउनुभयो।
“पीइसीले विगत ३१ बर्षदेखि शिक्षा र खेलकुदलाई संगै लाने प्रयास गरिरहेको छ, नेपाली युवा र युवतीहरुलाई कसरी प्रेरणा दिन सकिन्छ र उनीहरुलाई सक्षम र सलव बनाउन कसरी शिक्षा र खेलकुदमा संगै लैजान सकिन्छ भनेर निरन्तर लागिरहेका छाैं ।
खेलकुद र शिक्षा प्रतिकाे प्रतिवद्धता स्वरुप याे समन्वय र सहकार्य गरेका हाैं।” उहाँले भन्नुभयो ।
उहाँले नेपाली युवायुवतीहरुलाई सफलतासम्म जोड्दै शिक्षा तथा खेलकुद क्षेत्रमा युवा तथा महिलाहरूको संयुक्त हितमा याे साझेदारी आधारित रहेको छ भन्नुभयो।
महिला राष्ट्रिय क्रिकेट टोलीका कप्तान इन्दु बर्माले याे सहकार्य आफ्नो लागि एउटा गौरव र जिम्मेवारीको विषय भएको बताउनुभयो ।
“क्रिकेट मेरो लागि एउटा खेलमात्र नभई ‘जीवन’, ‘जाेश’, र ‘उद्देश्य’ बन्न पुगेको छ । म सानोमा घर नजिकैको बाटामा तथा खुला ठाउँहरूमा साथीहरूसँग क्रिकेट खेल्नेदेखि आज ठूलो मैदानमा देशको राष्ट्रिय टिमको क्याप्टेनको रूपमा हरेक खेलहरूमा नेतृत्व र कप्तानी सम्हाल्ने स्थानमा आइपुग्दा धेरै उतारचढाव तथा अनुभवहरू गरेकी छु ।
सानो हुँदा नेपाली टिमको जर्सी लगाएर देशलाई अन्तर्राष्ट्रिय खेलहरूमा केही जिताउने सपना बोक्थेँ ।
सपनालाई यथार्थमा बदल्नेसम्मको यात्रा सजिलो भने थिएन । मैले निकै संघर्ष, समस्या, आँफैलाई शंका गर्ने
क्षणहरू र अनेकाैं त्याग गरेकी छु । तर मेरो परिवार, प्रशिक्षक, सहकर्मी तथा साथीहरूको उचित मार्गनिर्देश तथा सही प्रशिक्षण, अनि निरन्तर सहयाेग र समर्थनले गर्दा म ती बाधा तथा समस्याहरूमा नहडबडाइकन पार गरी मेरो सपना पूरा गर्न सफल भएँ ।” बर्माले भन्नुभयो।
उहाँले आफू जस्तै एउटा सपना र लक्ष्य बोकेको हरेक युवाहरूलाई, आफ्नो सपनामा अडिग हुन र कहिल्यै पनि पछाडि नहट्न नगर्न प्रेरित गर्न चाहन्छु भन्नुभयो। “आफ्नो संघर्ष र यात्रामा विश्वास गर्नुहोस्, अथक मेहेनत गर्नुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा भने राम्रो मार्गदर्शन खोज्नुहोस् । तपाईंले दिने सतप्रतिशत प्रयासलाई यदि सही सहयाेग र प्रशिक्षणले साथ थियो भने जे पनि सम्भव छ।” बर्माले भन्नुभयो ।
क्रिकेट एशाेशियशनका सचिव पारस खड्काले याे समन्वय र सहयाेगका लागि हार्दिक आभार भन्दै व्यवसायिक क्षेत्रबाट याे सहकार्य उदाहरणका लागि महत्त्वपूर्ण भएको बताउनुभयो ।
“याे सहकार्यले वुमन क्रिकेटलाई उचाइ हासिल महत्त्वपूर्ण काम भएको छ, ढुक्क भएर खेल्न राम्रो प्रेरणा मिलेकाे छ, निरन्तर समन्वय र सहकार्यको माध्यमबाट नयाँ उचाई हासिल गर्न सकिन्छ भन्नेमा आशावादी बनाएको छ।” खड्काले भन्नुभयो ।
पीइसीका निर्देशक राजु सिलवाले अन्य व्यवसायिक संघसंस्थाहरुले पनि महिला खेलाडीहरुलाई अगाडि बढ्नका लागि यस्तै सहयाेगहरु गरिरहनुपर्नेमा जाेड दिनुभयाे ।
प्रतिक्रिया