यस्तो छ एकीकृत समाजवादीका १८ पदाधिकारी छान्न हुने निर्वाचनको तालिका

यस्तो छ एकीकृत समाजवादीका १८ पदाधिकारी छान्न हुने निर्वाचनको तालिका

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का १८ पदाधिकारीका लागि हुने निर्वाचनको तालिका सार्वजनिक भएको छ । सहमतिको प्रयास असफल भएपछि पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न चुनाव गर्न लागिएको हो ।

तालिका अनुसार भोलि दिउँसो २ बजेदेखि ५ बजेमसम्म मतदान हुने छ । भोलि नै मतगणना थालिने जनाइएको छ ।

एकीकृत समाजवादीमा अध्यक्ष र महासचिव सर्वसम्मत भएको डेढ महिनापछि अरू पदाधिकारीका लागि चुनाव हुन लागेको हो ।

गएको असार २० गते महाधिवेशनको हलबाट अध्यक्षमा माधवकुमार नेपाल र महासचिवमा घनश्याम भुसाल सर्वसम्मत भएका थिए । त्यस्तै, सम्मानित नेतामा झलनाथ खनाल सर्वसम्मत भएका थिए ।

बाँकी १८ पदाधिकारी भने चयन गर्न हुन सकेन । एकीकृत समाजवादीमा २१ पदाधिकारीमध्ये वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, चार उपमहासचिव र सात सचिव चयन गर्न बाँकी छ । 

हेर्नुहोस् तालिका

Recent Comments

No comments to show.