नेपाल बैंकले सेयर किन्न १.५ प्रतिशत प्रिमियममै ऋण दिने

नेपाल बैंकले सेयर किन्न १.५ प्रतिशत प्रिमियममै ऋण दिने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारी स्वामित्वको नेपाल बैंकले सस्तो सेयर धितो कर्जा योजना ल्याएको छ ।

यस योजना अन्तर्गत बैंकले आधारदरमा १.५ प्रतिशत मात्रै प्रिमियम जोडेर सेयर धितो कर्जा दिने भएको हो ।

नेपाल बैंकको औसत आधारदर ७.८७ प्रतिशत छ । यसमा १.५ प्रतिशत प्रिमियम जोड्दा बैंकले ९.३७ प्रतिशत ब्याजदरमा सेयर धितो कर्जा दिने भएको छ ।

बैंकका अनुसार व्यक्तिगत ग्राहकले न्यूनतम २ लाख रुपैयाँदेखि अधिकतम १५ करोड रुपैयाँसम्म सेयर कर्जा पाउने छन् । ३ कार्यदिन भित्रै कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।

यस्तो ऋणको अवधि १ वर्षको हुनेछ । नियामक निकायको नियम बमोजिम ऋणीको सन्तोषजनक कार्यसम्पादनको आधारमा ऋण नवीकरण गर्न सकिने बैंकले जनाएको छ ।

पछिल्लो समय सेयर बजारले गति लिन थालेसँगै बैंकहरूले धमाधम सेयर कर्जा योजना ल्याउन थालेका हुन् ।

Recent Comments

No comments to show.