गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशतमै ऋण दिने, १ करोडसम्म पाइने

गाडी किन्न राष्ट्रिय वाणिज्य बैंकले ७.७७ प्रतिशतमै ऋण दिने, १ करोडसम्म पाइने

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले फेस्टिभ अफर सार्वजनिक गरेको छ ।

दशैं, तिहार जस्ता चाडर्वलाई लक्षित गर्दै बैंकले सस्तो ब्याजमा सवारी कर्जा उपलब्ध गराउने अफर ल्याएको हो ।

यस अफर अन्तर्गत बैंकले ७.७७ प्रतिशतको स्थिर ब्याजदरमा सवारीसाधन कर्जा उपलब्ध गराउनेछ । अधिकतम ७ वर्षसम्म सवारी कर्जाको ब्याजदर एउटै अर्थात् परिवर्तन नहुने बैंकले जनाएको छ ।

मासिक किस्ता सुविधमा बैंकले अधिकतम १ करोडसम्म कर्जा दिनेछ । कर्जा रकमको ०.५ प्रतिशत सेवा शुल्क लाग्ने बैंकले जनाएको छ ।

यो योजना भदौ १ देखि आगामी कात्तिक मसान्तसम्म लागू हुने बैंकले जनाएको छ ।

Recent Comments

No comments to show.