भारतसँगको सम्बन्ध थप बलियो भयो : परराष्ट्रमन्त्री डा. राणा

भारतसँगको सम्बन्ध थप बलियो भयो : परराष्ट्रमन्त्री डा. राणा

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा स्वदेश फिर्ता भएकी छन्। भारतीय समकक्षी एस.जयशंकरको निमन्त्रणमा आइतबार भारत भ्रमणमा निस्केकी मन्त्री राणा विहीबार स्वदेश फिर्ता भएकी हुन्। 

स्वदेश फिर्ता भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री राणाले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग नेपाल र भारतबीच रहिआएको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ तुल्याउने एवं आपसी हितका विषयमा विद्यमान सहकार्य विस्तार गर्ने सम्बन्धमा विचारको आदानप्रदान भएको बताएकी छन्। 

उनले भारतका विदेशमन्त्री डा.एस जयशंकरबीचको द्विपक्षीय भेटघाटमा व्यापार तथा पारवहन, ऊर्जा, कनेक्टिभिटी, लगानी, हवाई मार्ग, बाढी तथा डुबान समस्या, पञ्चेश्वर बहुउद्देश्यिय आयोजना, खेलकूद, सीमा पूर्वाधार लगायत नेपाल–भारत सम्बन्धका समग्र पक्षमा छलफल भएको बताइन ।

उनले  यसका अलावा द्विपक्षीय संयन्त्र समेतका माध्यमबाट दुवै पक्षबीच विभिन्न तहमा हुने सम्पर्कलाई निरन्तरता दिने विषयमा सहमति भएको बताइन्।

साथै उनले भ्रमणले नेपाल र भारतबीच आपसी सदभाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गर्नुका साथै दुई मुलुकबीच रहिआएको मैत्रीपूर्ण, सहयोगात्मक, बहुआयामिक, घनिष्ट सम्बन्धलाई आपसी समानता र लाभका आधारमा थप मजबुत तुल्याउने बताइन्। 

उनले भ्रमणको अवधिभर भारत सरकारबाट प्राप्त आतिथ्यता तथा न्यानो स्वागतका लागि भारतका विदेशमन्त्री एवं भारत सरकार र सम्बन्धित पदाधिकारीहरूप्रति धन्यवाद ज्ञापन समेत गरेकी छन्।

Recent Comments

No comments to show.