काठमाडौं । =हुलाकी राजमार्गको अन्तर्गत धनुषा–सिरहा जोड्ने कमला नदीमा पुल निर्माणको माग गर्दै १० जना युवाहरूले मधेश सरकारको प्रशासनिक भवनअगाडि आमरण अनशन सुरु गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि सिरहा नगरपालिकाका आठ र औरही गाउँपालिकाका दुई जना वडाध्यक्षसहित १० जना युवाहरूले आमरण अनशन सुरु गरेका हुन् ।
उनीहरूले सङ्घीय सरकार मधेशको लाइफलाइन मानिने हुलाकी राजमार्ग र त्यसको मुख्य एक स्तम्भ मानिएको कमला पुल बनाउन उदासीन देखिएकाले मधेश सरकारलाई दबाब दिन आमरण अनशन थालेको बताएका छन् ।
प्रतिक्रिया