संविधान संशोधन गर्ने काँग्रेस–एमाले सहमती मान्दैनौंः माधवकुमार नेपाल

संविधान संशोधन गर्ने काँग्रेस–एमाले सहमती मान्दैनौंः माधवकुमार नेपाल

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संविधान संशोधन गर्ने कांग्रेस-एमालेको सहमतिमा शंका गर्ने ठाउँ रहेको बताएका छन्।

मंगलबार नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधान संशोधन गर्ने कुरा आवश्यक रहेको भएपनि दुई ठूला नेताहरूले सही गर्दैमा त्यो सम्भव नरहेको दाबी समेत गरेका थिए।

अध्यक्ष नेपालले कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला दलले मध्यरातमा संविधान संशोधन गर्ने कुरामाथि शंका गर्नु स्वभाविक रहेको अध्यक्ष नेपालको जिकिर थियो। 

संविधान संशोधनका लागि खुला बहस गर्नुपर्ने आवश्यकता रहेकाे उनकाे भनाइ थियाे। प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा बहुमत पाएर पनि राजनीतिक स्थायित्वको पक्षका काम गर्न नसकेको भन्दै त्यस्ता खालका गल्ति स्वीकार गरेर अघि बढ्नुपर्ने पनि नेपालले बताए।

उनले संविधानमा कतिपय विषय छलफल गर्नुपर्ने भएपनि त्यसलाई अचानक अघि बढाउने कुरा मान्य नहुने बताए।

उनले भने,’ त्यो मध्यरातमा गएर दुई वटा नेताले कागजमा सही गरेर हुन सक्नेवाला छैन। त्यो गर्नुपर्ने हो भने खुलस्त बहस गरौं। कहिल्यै बहसको कुरा नल्याउने, अचानक मध्य रातमा हस्ताक्षर। यसले नियतमाथि शंका खडा गर्ने कुरा स्वभाविक हुन्छ  त्यही कुरा मैले संसदमा पनि उठाएको थिए। त्यही कुरा मैले उठाएको छु सबै ठाउँमा पनि। मलाई बोल्न त मन थिएन। तर सन्दर्भ यहाँ आयो।’ 

नेपालले नेताहरुले आफूले गरेका गल्ती स्वीकार गरेर अघि बढ्दा मात्रै मुलुकको हित हुने पनि बताए।

Recent Comments

No comments to show.