शिक्षा र स्वास्थ्य महँगो भयो, सरकारको ध्यान जाओस्ः शेखर कोइराला

शिक्षा र स्वास्थ्य महँगो भयो, सरकारको ध्यान जाओस्ः शेखर कोइराला

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपालको शिक्षा महँगो भएको बताएका छन्।

मंगलबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संविधानमा सहजै शिक्षा र स्वास्थ्य निःशुल्क लेखे पनि कार्यान्वयन गर्न नसकेको बताए।

उनले शिक्षा र स्वास्थ्य हुनेखानेले मात्रै गर्ने हो भन्ने हिसाबले अघि बढिरहेको भन्दै दुःख व्यक्त गरे। उनले शिक्षा र स्वास्थ्यको महँगी हटाउनुपर्ने बताए। उनले सरकारी विद्यालयमा समेत अध्ययन गर्न नसक्ने अवस्था आइसकेको भन्दै सरकारको ध्यानाकर्षण गराए।

उनले भने, ‘मलाई केही चिन्ता लागेको छ। हामीले संविधानमा बडा सजिलो गरी लेखिदिन सजिलो रहेछ। शिक्षा र स्वास्थ्यलाई निःशुल्क भन्यौँ। एजुकेशन यस्तो महँगो भइसकेको छ, त्यसको प्राइज कसरी घटाउने हो? मानिस अब पढ्नै नजाने अवस्था भइसक्यो। सरकारी क्याम्पसहरुमा पनि विषयअनुसार पैसा छैन भने पढ्नै नसक्ने अवस्था छ। हेल्थको हेर्दा पनि दिनप्रतिदिन बढ्दो अवस्थामा छ। यसले हुने खानेले मात्रै पढ्ने हो कि, नसक्नेले पनि जानसक्ने बनाउनुपर्ने हो त्यतातिर पनि हाम्रो ध्यान जान सक्नुपर्छ।’

Recent Comments

No comments to show.