काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले हालसम्मकै महँगोको रेकर्ड बनाएको छ । पछिल्लो समय लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्य आज इतिहासकै महँगो भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको भाउ प्रतितोला ३ हजार रुपैयाँले बढेर १ लाख ५२ हजार ६०० ?पैयाँ पुगेको छ ।
यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि साउन २९ गते भाउ प्रतितोला १ लाख ५० हजार ८०० रुपैयाँ पुगेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि आकाशिएको हो । आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २ हजार ५०५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला ५० ?पैयाँ बढेर १८१० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया