कोटीहोम स्थलको घटना छानबिनका लागि ७ सदस्यीय समिति गठन

कोटीहोम स्थलको घटना छानबिनका लागि ७ सदस्यीय समिति गठन

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । पशुपतिनाथ कोटीहोमस्थलमा शुक्रबार राति भएकाे घटनाकाे छानबिन गर्न स्थानीय प्रशासनले सात सदस्यीय छानबिन समिति गठन गरेकाे छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडाैंले सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुंगानाको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेकाे हाे । 

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी गंगा पौडेल, सशस्त्र प्रहरी बलका डीएसपी प्रमोद राय, अधिवक्ता सचितानन्द काफ्ले, नेपाल पत्रकार महांघका सचिव गोविन्द चौलागाईं, मानव सेवा फाउन्डेसनका विष्णुकुमार थापा सदस्य छन् ।

समितिकाे सदस्य सचिवमा जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुपम पौडेललाई चयन गरिएकाे छ । उक्त समितिलाई कोटीहोम आयोजनास्थलमा शुक्रबार राति भएको घटनाका बारेमा स्थलगत अध्ययन र छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेस गर्न कार्यादेश दिइएकाे छ । 

शुक्रबार राति पशुपतिको कोटिहोम स्थलमा प्रहरी पुगेपछि कथावाचक विजय कृष्णमूर्तिका समर्थकले प्रतिवादन गरेका थिए । कृष्णमूर्तिलले आफूलाई पक्राउ गर्न आएको भन्दै समर्थकलाई प्रतिवाद गर्न आह्वान गरेका थिए ।

Recent Comments

No comments to show.