काठमाडौं । सरकारले काभा वुमन्स नेसन्स भलिबलको उपविजेता नेपाली खेलाडीहरुलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता पृथ्बी सुब्बा गुरुङले १४ जना खेलाडीलाई जनही ३ लाख रुपैयाँ दिने निर्णय भएको जानकारी दिए ।
त्यस्तै, मुख्य प्रशिक्षकलाई २ लाख र व्यवस्थापक, सहायक प्रशिक्षक र फिजिओलाई जनही १ लाख २० हजार रुपैयाँ दिइने उनले बताए।
गत साता भएको फाइनलमा नेपाल भारतसँग ३-२ को सेटमा पराजित भएको थियो ।
प्रतिक्रिया