भदौमा पनि घटाए बैंकहरूले ब्याजदर, कुन बैंकको कति ?

भदौमा पनि घटाए बैंकहरूले ब्याजदर, कुन बैंकको कति ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भदौ महिनाका लागि पनि वाणिज्य बैंकहरू ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरूले भदौमा मुद्दति निक्षेपमा औसत ०.१८ प्रतिशत ब्याज घटाएका हुन् । सार्वजनिक तथ्याङ्क अनुसार भदौमा बैंकहरूको औसत ब्याजदर व्यक्तिगततर्फ ६.५२ प्रतिशत छ भने संस्थागततर्फ ५.२५ प्रतिशतमा झरेको छ ।

यसअघि साउनमा बैंकहरूको ब्याजदर औसत व्यक्तिगततर्फ ६.६७ प्रतिशत थियो भने संस्थागततर्फ ५.४३ प्रतिशत थियो । साउन महिनाको तुलनामा भदौमा औसत व्यत्तिगततर्फ ०.१८ प्रतिशत र संस्थागततर्फ ०.२३ प्रतिशत घटेको हो ।

भदौमा विभिन्न १३ बैंकले ब्याजदर घटाएका छन् भने विभिन्न ५ बैंकको ब्याजदर स्थिर रहेको छ । कुमारी बैंक र प्राइम बैंकले भने भदौमा ब्याजदर बढाएका छन् । भदौमा एनआईसी एशिया र एनएमबि बैंकको ब्याजदर सबैभन्दा धेरै रहेको छ । यी बैंकले अधिकतममा ७.४१ प्रतिशत ब्याज दिने भएका हुन् । सबैभन्दा कम ब्याज भने नेपाल बैंकको ५.२५ प्रतिशत रहेको छ ।

यसैबीच राष्ट्रियस्तरका अधिकांश विकास बैंकले पनि साउनमा कायम गरिएको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदरलाई भदौमा निरन्तरता दिने भएका छन्। अधिकांश विकास बैंकले साउनमा ७ प्रतिशत दिएका थिए अब भदौमा सोही दर कायम गरेका छन्। राष्ट्रियस्तरका विकास बैंकमध्ये ज्योतिले भने ब्याजदर घटाएर भदौमा व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ६.७५ प्रतिशत ब्याज दिने भएको छ।

बैंकहरुले व्यक्तिगत मुद्दतिको निक्षेपको अधिकतम ब्याजदरमा १ प्रतिशत घटाएर संस्थागत मुद्दति निक्षेपको ब्याजदर कायम गर्नुपर्नेछ भने रेमिट्यान्स खातामा १ प्रतिशत बढाएर ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था रहेको छ।

Recent Comments

No comments to show.