१० ठूला बैंकको ऋणको अडिट जिम्मा भारतीय कम्पनीलाई

१० ठूला बैंकको ऋणको अडिट जिम्मा भारतीय कम्पनीलाई

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालका १० ठूला वाणिज्य बैंककको बाह्य लेखा परीक्षण गर्नका लागि भारतीय अडिट फर्म केपीएमजी एसुरेन्स एण्ड कन्सल्टिङ सर्भिसेज एलएलपी, इन्डिया छनोट भएको छ ।

सर्टलिस्टमा परेका ५ कम्पनीमध्ये केपीएमजी एसुरेन्सलाई छनोट गरेको हो । राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)को शर्त अनुसार १० ठूला बैंकको बाह्य लेखा परक्षण गर्न लागेको हो ।

यसअघि गरिएको आह्वानमा २ स्वदेशी र ३ विदेशी गरी ५ संस्था सर्टलिस्टमा परेका थिए । केपीएमजीसहित नेदरल्याण्ड डिलोइट फाइनान्सियल एडभाइजरी, भारत र नेपालको संयुक्त लगानीका सीएससी एण्ड कम्पनी (प्राइस वाटरहाउस प्रालि), एसआरबीए एण्ड बिके अग्रवाल चार्टर्ड एकाउन्टेन्ट्स र पाकिस्तानको केपीएमजी तसिर हादी एण्ड कम्पनी छनोटमा परेका थिए ।

यी मध्ये सबैलाई पछि पार्दै केपीएमजी छनोट भएको हो । राष्ट्र बैंकका अनुसार छनोट भएको केपीएमजीको आर्थिक प्रस्ताव १६ गते खोलिने छ । त्यसपछि सम्झौता गरी १० ठूला बैंकको बाह्य परीक्षण सुरु हुने राष्ट्र बैंकले जनाएको छ ।

नेपालका बैंकहरूको कर्जाको गुणास्तरमा आशंक लागेपछि आइएमएफले आफ्नै सहयोगमा बाह्य लेखा परीक्षण गर्न सरकारकालाई भनेको थियो । सोही अनुसार अब नेपाली बैंकहरूको कर्जाको गुणस्तर जाँच गरिने भएको हो ।

यसका लागि बैंकहरूले कर्जा लगानी गर्दा लिएको धितोको मूल्यांकन गर्ने, ऋण तिर्नका लागि ऋण लिने परिपाटी भए/नभएको, कर्जा केन्द्रीकृत भए/नभएको, समूहगत कर्जा लिने प्रवृत्ति कस्तो छ भन्ने लगायत परीक्षण गरिन्छ ।

सन् २०२१ डिसेम्बर २२ मा नेपालको तर्फबाट तत्कालीन अर्थमन्त्री जनार्दन शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) माग गरेका थिए ।

त्यसपछि आइएमएफले नेपाललाई शर्तसहित ३८ महिनाको लागि प्राप्त हुने गरी ३९ करोड ८८ लाख डलरको सहयोग गर्ने बताएको थियो । आइएमएफले नेपालका १० ठूला बैंकहरूको अन्तर्राष्ट्रिय अडिट फर्मले स्थलगत निरीक्षण गर्ने शर्त राखेको थियो ।नेपालले आइएमएफलाई पेश गरेको ज्ञापनपत्रमा २०२३ मार्च भित्र १० ठूला बैंकको स्थलगत निरीक्षण गरिसक्ने बताए पनि ईसीएफको कार्यान्वयनमा भएको ढिलाईसँगै केहीपछि धकेलिएको हो।

Recent Comments

No comments to show.