जीवन बीमा कम्पनीको एक वर्षको नाफा ५ अर्ब ७३ करोड, कसले कति कमाए ? (सूचीसहित)

जीवन बीमा कम्पनीको एक वर्षको नाफा ५ अर्ब ७३ करोड, कसले कति कमाए ? (सूचीसहित)

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौँ । जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०८०/८१ को वित्तीय रिपोर्ट सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय रिपोर्ट अनुसार नेप्सेमा सूचिकृत १४ वटा जीवन बीमा कम्पनीहरूले आर्थिक वर्षमा कूल ५ अर्ब ७३ करोड ३२ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएका हुन् । यो अघिल्लो वर्षको नाफाको तुलनामा १५.१८ प्रतिशतले बढी हो । 

आर्थिक वर्ष २०७९/८० मा यी १४ वटा जीवन बीमा कम्पनीहरूले कूल ४ अर्ब ९७ करोड ७३ लाख २८ हजार रुपैयाँ नाफा कमाएका थिए । 

तथापि, यता निर्जीवन बीमा कम्पनीहरूले यसै वर्ष साढे ६ अर्बमाथिको नाफा आर्जन गरेका छन् । तर १४ वटा जीवन बीमा कम्पनीहरूले जम्मा ५ अर्ब ७३ करोड रुपैयाँ हाराहारी मात्र नाफा कमाउनुले कमजोर पर्फमेन्सको स्पष्ट संकेत गर्छ । समीक्षा वर्षमा निर्जीवन बीमा कम्पनीहरूले ५०.५६ प्रतिशतले नाफा वृद्धि गरेका छन् ।

कुन बीमा कम्पनीले कति नाफा कमाए ?

सार्वजनिक वित्तीय रिपोर्ट अनुसार १४ वटा जीवन बीमा कम्पनीहरूमध्ये ११ वटाको नाफा बढ्दा तीनवटाको घट्न पुगेको छ । यस वर्ष नाफा घट्नेमा लाइफ इन्स्योरेन्स कर्पोरेसन, मेटा लाइफ इन्स्योरेन्स र सननेपाल लाइफ इन्स्योरेन्स रहेका छन् । यी कम्पनीहरूको नाफामा २६.५३ प्रतिशतदेखि ६८.३४ प्रतिशतसम्मले घट्न पुगेको छ । 

जीवन बीमा कम्पनीहरूको नाफा/घाटा (अंक हजारमा)

Recent Comments

No comments to show.