हिमालयन रि इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो,अन्य सुचक कस्तो ?

हिमालयन रि इन्स्योरेन्सको नाफा दोब्बरले बढ्यो,अन्य सुचक कस्तो ?

ActPro Nepal

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको खुद नाफामा उल्लेख्य सुधार आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ९७.६४ प्रतिशतले बढेको छ ।

कम्पनीले गत असार मसान्तसम्म १ अर्ब २८ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आव २०७९/८० को तुलनामा ६३ करोड ४१ लाख रुपैयाँ धेरै हो । अघिल्लो वर्ष कम्पनीले कुल ६४ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको बीमा शुल्क संकलनसँगै कुल आम्दानी बढ्दा नाफामा उछाल आएको हो ।

समीक्षा अवधिमा कम्पनीको खुद बीमा शुल्क ८२.७५ प्रतिशतले बढेर ५ अर्ब ४५ करोड रुपैयाँ पुगेको छ । त्यस्तै, कम्पनीको कुल आम्दानी पनि ६७.०९ प्रतिशतले बढेर ६ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा कम्पनीले खर्च ५५.१२ प्रतिशतले बढेर ४ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले २ अर्ब ७५ करोड रुपैयाँ दाबी भुक्तानी गरेका छ ।

हाल १० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ९ करोड रुपैयाँ संचिति छ । कम्पनीको महाविपत्ति कोषमा ११ करोड १० लाख र रिटेन्ड अर्निङमा ५६ अर्ब ४३ करोड रुपैयाँ छ ।

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.२८ रुपैयाँबाट बढेर १२.३४ रुपैयाँ पुगेको छ । यसको प्रतिसेयर नेटवर्थ १५४.२६ रुपैयाँ रहेको छ ।

Recent Comments

No comments to show.